काठमाण्डौ । काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी हुनुभएको छ। कांग्रेसका डङ्गाेल ५ हजार ३ सय ३४ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्नेभएको छ।
यस्तै, नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) ले २ हजार ३६ मत प्राप्त गर्नुभयो। यसअघि पनि कीर्तिपुरको मेयरमा कांग्रेस विजयी भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
