तनहुँ । लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रले विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ । सामाजिक कार्यमा सक्रिय रहेको उक्त क्लबले शनिबार शुक्लागण्डकी नगरपालिका ११ अलैंचेमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्ने १२ जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको हो ।
जाडो समय सुरू हुँदै गरेको हुदाँ विद्यार्थीलाई कठ्याङ्ग्रीदै विद्यालय जानपर्ने समस्या नआओस् भनेर क्लबले विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको क्लबकी अध्यक्ष प्रमिला सिग्देलले बताइन् ।
क्लबका अध्यक्ष सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तथा वडा न ११ का वडा सदस्य खिमलाल भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सिग्देल, विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ सिग्देल, शिक्षक अभिभावक संघ को अध्यक्ष यदुनाथ सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
