ठाडाखेतस्थित बक्स कल्भर्ट मोटरेवल पुलले जोड्यो स्याङ्जाका २ पालिका

काठमाडौं l स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १३ र अर्जुनचौपारी गाउँपालिका वडा नं १ जोड्ने ठाडाखेतस्थित बक्स कल्भर्ट मोटरेवल पुलको उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेसमा जिल्ला सभापति एवं स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य राजु थापाले उक्त पुलको उद्घाटन गर्दै पुल बनेपश्चात उद्घाटन हुन ढिला भएको बताउँदै यसले अझैपनि आममानिसमा भएको चेतनाको स्तरलाई परीक्षण गरिरहेको बताए। थापाले अरु देशको तुलनामा नेपालमा कम विकास भएको स्वीकार गर्दै फेरिपनि केही नभएको भन्ने भाष्यलाई चिर्दै भैरहेका विकास निर्माणमा गति दिन राजनीतिक दल, स्थानीय, राष्ट्रसेवक कर्मचारी लगायत सम्पूर्णलाई एकजुट हुन आग्रह गरे।

उद्घाटन गरिएको पुलको सर्वेक्षण २०७० साल पुष ५ गते भएको थियो भने शिलन्यास २०७४ साल भदौ २३ गते भएको थियो। ३ करोड ४१ लाख लागतमा यो पुलको निर्माण कार्य सम्पन्न भएको हो।‌ कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पुलको आवश्यकता महशुस गरी योगदान गर्नुहुने सम्पूर्णलाई स्मरण गर्दै पुल बनेपश्चात यसको प्रयोग मार्फत अर्जुनचौपारी गाउँपालिका समेतको विकास र श्रीवृद्धिमा सहयोग पुग्ने आसा व्यक्त गरे।

उद्घाटन कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे लगायतको सहभागीता रहेको थियो ।

More News last news
Loading...