काठमाडाैं | मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न Muktinath FAIDA App (Financial Access in Digital Application)सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार एप सञ्चालनपछि ग्राहकहरूले मोबाइल एक, फाइदा अनेक लिन सक्ने छन् । यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ्ग सेवा उपयोग गर्न सकिने भएको छ ।
ग्राहकले गर्ने सुरक्षित कारोबारको लागि सुरक्षा प्रश्नहरू राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाइस ग्राहक स्वयम्को हो/होइन पहिचान गर्नेछ । जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने बैंकको विश्वास छ । ग्राहकहरूले मोबाइल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोबार गर्न सक्नेछन् ।
यसका साथै अन्य थप गरिएको सुविधाहरूमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटिएम कार्ड नवीकरण, ई–कर्मस कार्ड सक्रिय, भाषा छनोट, विदेशी मुद्रा विनियम दर, ब्याजदर, कारोबार सीमाको जानकारी , बैंकले दिने वस्तु तथा सेवाहरूको जानकारी, भेटघाटको लागि अनुरोध, कारोबार सफल नभएमा कारोबारको दाबी गर्न, बैंकले दिने विभिन्न सूचनाहरूको जानकारी लिन, गुनासो तथा सुझाब दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न, आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरू छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
