काठमाण्डाै । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम भएको हो । सुन भाउ बढेर तोलाको एक लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ६६ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलाको दुई हजार ७० रुपैयाँ रहेको चाँदी आज भाउ बढेर तोलाको दुई हजार ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
