पश्चिमी वायुसँगै चक्रवात ‘दाना’को प्रभाव, आज यी ठाउँमा वर्षाको सम्भावना

काठमाडाैं | हाल कोशी प्रदेशमा आंशिकदेखी साधारणतया बदली रही बाँकी भेगको मौसम आंशिक बदली रहेको छ। आज दिउँसो पनि कोशीबाहेक अन्य भेगको मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

राति कोशीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभावसमेत रहेको छ ।

More News last news
Loading...