मुस्ताङमा २ जना विदेशी नागरिकको ज्यान गयाे

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै ठाउँमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई जना विदेशी नागरिकको ज्यान गएकाे छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

Advertisement

मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा अचानक बेहोस भई लडेकी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेस्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेलाई पनि जोमसोम अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका डीएसपी बोगटीले बताउनुभयो ।

More News last news
Loading...