आज कार्तिक ५ गते सोमबार, कस्तो छ तपाइँको आज ? [दैनिक राशिफल]

श्री शाके १९४६ । बि स २०८१ साल कार्तिक ५ गते सोमबार । इश्वी सन २०२४ अक्टोवर २१ तारीख । कार्तिक कृष्ण पक्ष चतुर्थी तिथी रोहिणी नक्षत्र वरियान योग वालव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन शरदऋृतु (ज्यो. पं. सरोज घिमिरे)

मेष

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सफलता पनि पाइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभहानी, आयव्यय, बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनपरेको खानेकुरा खान पाइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवश्यक छ । तर आर्थिक पक्ष भने सामान्य नै रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आस्था बढेर जानेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । परिवारसँग समय पनि बित्न सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । प्राविधिक क्षेत्र सबल रहनेछ, तर साँझमा खर्च बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट भोजनको अवसर पाइनेछ । आस्था बढेर जानेछ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल होला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मठ मन्दिरको भ्रमण हुनसक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल

More News last news
Loading...