पोखरा । चर्चित लोकगायिका सम्झना भण्डारी बर्षको उत्कृष्ट गायिका घोषित हुँदैं सम्मानित भएकी छिन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको सुन्दर नगरी पोखरामा जारी २४ औ केन्द्रीय बार्षिक साधारण सभा र बिधान अधिवेशनको भव्य समुद्घाटन कार्यक्रममा प्रतिष्ठानले भण्डारीलाई बर्षको उत्कृष्ट गायिका सम्मान गरेको हो ।
भण्डारीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर लगायतले सम्मान गरेका हुन् । यस्तै उत्कृष्ट गायकको रुपमा कुशल बेलवासे सम्मानित भए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
