काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका फरार देवकुमार नेपालीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ ।
उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण बाइदिन आग्रह गरेका थिए।
उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी पक्राउ परेका हुन्।
उनले आफूसँग ४४ ठाउँमा घरजग्गा रहेको विवरण सार्वजनिक गर्दै आफूसँग भएको सम्पत्ति बेचविखन गरेर ऋण तिर्न सक्ने दाबी गरेका छन् । यता उत्री पक्राउ परेपछि ठुलो स्वर गरेको भन्दै सहकारी पीडितहरुले सम्पत्ति भएको व्यक्ति किन फरार भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न र गालीको वर्षा गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
