काठमाडौं। सुनको मूल्यमा लगातार वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो। यस अघि बिहीबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
