चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना : ६० हजार प्रहरी खटाउने तयारी

काठमाडौं । नेपालीहरूको चाडबाड नजिकिएसँगै सुरक्षामा चुनौतीहरू थपिने गर्दछ। चाडबाड नजिकिएसँगै प्रहरीले चाडबाडलाई सुरक्षित बनाउन मुलुकभरका प्रहरीलाई चौबिसै घण्टा हाई अर्लटमा राखेको छ। यस वर्ष देशभरमा ६० हजारभन्दा बढी प्रहरी दशैं लक्षित सुरक्षा योजनामा परिचालित हुने भएका छन् ।

प्रहरीले सुरक्षित रूपमा जनताले आफ्ना चाडबाड मनाउन पाउन् भन्ने हेतुले भदौ ३० गते नै राजधानी उपत्यकालगायत ७७ जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको छ ।

Advertisement

दशैं सुरक्षा योजनाअन्र्तगत प्रहरीले सुरक्षा योजना, बजार अनुगमन, बजार व्यवस्थापन, दुर्घटना न्यूनीकरण, नागरिक सहयता कक्ष, अन्तर्राष्ट्रिय बोर्डरको अनुगमन, भीड नियन्त्रण, कालोबजारी रोक्न अनुगमन, जबरजस्ती चन्दा असुली विरुद्धको अपरेसन लगायतका काममा प्रहरीले योजना बनाएर अघि बढेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

More News last news
Loading...