दसैँ-तिहारमा उपत्यकामा १२ हजार प्रहरी परिचालन गरिँदै

काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिँदै छ । दसैँ र तिहारमा काठमाडौँ उपत्यका छाडेर लाखौँ मानिसहरू आफ्नो पुर्ख्यौली थातथलोमा फर्किन्छन्। उपत्यका छाड्नेको लर्कोका कारण यात्रुको टिकटमा ठगी, खाद्यान्नमा कालोबजारी, चोरी र डकैतीका घटना हरेक वर्ष हुन्छन् । चाडपर्वमा सबैभन्दा धेरै अपराधका घटना काठमाडौँ, भक्तपुर र ललितपुरमा हुने गरेका छन्।

चाडपर्वमा हुने आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरीले अहिले सुरक्षा योजना तयार गरिरहेका छन्। दसैँ र तिहारमा हुने अपराधजन्य घटना नियन्त्रण गर्न काठमाडौँका परिसर र मातहतमा डीएसपीले कमाण्ड गर्ने १४ वटा प्रहरी वृत्तले करिब ५ हजार प्रहरी परिचालन गर्दै छन्।

Advertisement

दसैँको समयमा शक्तिपीठहरुमा भीआईपीहरूको आवागमन हुन्छ। आवागमनलाई कसरी व्यवस्थित बनाउने भनेर ललितपुर प्रहरीले सुरक्षा योजना बनाइरहेको छ। उपत्यका प्रहरी कार्यालयले मातहतका जिल्लाहरूलाई चाडपर्वको सुरक्षामा आवश्यक थप मद्दत कति चाहिन्छ भनेर सोधेको छ। चाडपर्व अवधिभर उपत्यकामा १० देखि १२ हजार प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार भइरहेको एसएसपी घिमिरेले जानकारी दिए।

More News last news
Loading...