माछापुच्छ्रे बैंकले ल्यायो वार्षिकोत्सव र चाडपर्व लक्षित अफरै अफर

काठमाडाैं | ​​माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरूमा विभिन्न अफर सार्वजनिक गरेको छ । ​​माछापुच्छ्रे बैंक यही असोज १७ गतेबाट २४औं वर्ष पार गरी २५औं वर्षमा प्रवेश गर्दैछ।

सोही अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यास ब्याक तथा विशेष छुट अफर ल्याइएको बैंकले जनाएको छ । बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू जस्तैः मोबाइल बैंकिङ्ग MBL M- SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत ग्राहकले सेवा लिन सक्नेछन्।

Advertisement

असोज १ देखि ३० गतेसम्मको अवधिमा मोबाइल बैंकिङ्ग MBL M- SMART (APP)​, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहक महानुभावहरूलाई विशेष छुटको योजना ल्याइएको बैंकले जनाएको छ।

जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा सतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा सतप्रतिशत छुट पाउनेछन् । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिका लागि एकमुस्ट २ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ।

More News last news
Loading...