ई–सेवाको दशैँ–तिहार अफर, जुनसुकै कारोबार गर्दा विद्युतीय कार जित्ने माैका

काठमाडौँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले यसपालिको दशैँ–तिहार र छठ पर्व लक्षित गरेर ई–सेवा महाउत्सव : ई-सेवाको कारोबारमा नामीको दामी कार अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत आज असोज १ गतेदेखि आउँदाे कात्तिक ३० गतेसम्म ई–सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्तामध्ये एक जना भाग्यशाली प्रयोगकर्ताले नामी विद्युतीय कार जित्न सक्ने कम्पनीले जनाएकाे छ। कार जित्न योग्य हुनका लागि आफ्नो आवश्यकता अनुरूप ई–सेवाका जुनसुकै सेवाको प्रयोग वा ई–सेवाबाट कारोबार गर्दा बम्पर उपहार जित्ने सकिनेछ ।

Advertisement

यसका साथै १ सय रुपैयाँको खेलमा हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले आईफाेन–१६ पनि जित्न सक्ने ई–सेवाले जनाएकाे छ । १ सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउनेछन् ।

त्यसैगरी दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिने कम्पनीले जनाएकाे छ। दैनिक अफरअन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयका लागि ‘फ्ल्यास सेल’ को रूपमा अफर आउनेछ । याे सेलमा प्रयोगकर्ताले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् । साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलवार ई–सेवाका विभिन्न सेवाहरू : मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, ई–स्पिकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ । यी अफरहरूबारे थप जानकारी ई–सेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

More News last news
Loading...