राजेन्द्र महतोले गरे राष्ट्रिय मुक्ति क्रान्ति पार्टी घोषणा

काठमाडौँ । राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी छोडेर नयाँ राजनीतिक दल “राष्ट्रिय मुक्ति क्रान्ति पार्टी” गठन गरेका छन्। उनले यसअघि “राष्ट्रिय मुक्ति क्रान्ति” अभियानको रूपमा सञ्चालन गरिरहेको यो आन्दोलनलाई अब औपचारिक रूपमा पार्टीमा रूपान्तरण गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय मुक्ति क्रान्ति राष्ट्रिय समितिको बैठकमा महतोले दल दर्ताको घोषणा गरेका छन् र चाँडै नै निर्वाचन आयोगमा यो दल दर्ता गरिने जनाइएको छ। बैठकले नै दर्ताको प्रक्रिया बारे निर्णय गर्नेछ। पार्टीले मंसिरदेखि सशक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने योजना बनाएको महतोले बताएका छन्।

Advertisement

यसअघि पार्टीले उठाएका माग र मुद्दाहरूलाई औपचारिक रूपमा देश र जनताको सामु अल्टिमेटमसहित प्रस्तुत गरिने पनि उनले बताएका छन्। यो महतोको सातौं राजनीतिक दल हो। केन्द्रीय समितिमा अभियानका सदस्यहरू नै रहेका छन्।

जसमा सुमन सायमी, बुद्धछिरिङ मोक्तान, केशव झा लगायत रहेका छन्। महतो यसअघि मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लगायत विभिन्न दलमा संलग्न थिए।

More News last news
Loading...