पोखरा ३३ मा वृक्षरोपण कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महनागरपालिका वडा नं.३३ स्थित जनजागृति आधारभूत विद्यालय परिसरमा  आँप र लिचीका २५० वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडको संयोजन तथा लुम्बिनी वर्ल्ड पीस फोरमको सहकार्यमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक खाता एक रुख रोप्ने उद्देस्यका वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

पोखरा महानगरपालिका वडा नं.३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले  एनआईएमवि वैकको संयोजनमा गरेको वृक्षरोपणले हरियाली थपिने मात्र नभै फलफुलका वोट भएकाले विद्यार्थीहरुले सिजन अनुशारका फल चाख्न पाउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने बताए ।

वृक्षरोपणका लागि विरुवा संकलन गरेर स्थानीयलाई समेत अपनत्व हुने गरी कार्यक्रम गरेकोमा प्रंशसा गर्दै आगामी दिनमा समेत विभिन्न सामाजिक कार्यक्रमकासाथ  उपस्थित हुन अग्रह गरे । अधिकारीले  विश्व बैंकको सहयोगमा बन्दै गरेको दोविल्ला पुडिटार सडकको किनारामा वृक्षरोपण गरी हरियाली प्रवद्र्धन गर्ने वडाको योजना रहेको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर पुनले एनआईएमवि ग्रिन फ्रयूचर वचत खाता अन्तर्गत सामाजिक कार्यमा सक्रियता देखाउदै गरिएको कार्य भन्दै वैंकलाई धन्यवाद ज्ञापन गरे साथै संरक्षणमा आफूहरुलाई थप जिम्मेवारी बोध गराएको बताए ।
कार्यक्रममा बैंकका गगनगौडा शाखाका प्रबन्धक आकाश लामिछाने र लुम्बिनी वर्ल्ड पीस फोरमका अध्यक्ष बासु गौतमले वृक्षरोपण कार्यक्रम मार्फत भरतपोखरीका स्थानीयबासीसँग जोडिन पाएकोमा  खुशी व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  पुनको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय कृषक,अभिभावक,युवा कल्ब, आमा समूह बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । रोपिएका  विरुवालाई आवश्यक रेखदेख गर्ने स्थानीयबासीकोे प्रतिवद्धता रहेको थियो ।

 

More News last news
Loading...