काठमाडौँ । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको तुलनामा आइतबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आइतबार ४० रुपैयाँले बढेको छ । शुक्रबार १८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १९०० कायम भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
