नेपालमा सिधा हवाई सेवा सञ्चालन गर्न पर्यटनमन्त्रीको आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन् ।

भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा विहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा उक्त बिषयमा छलफल भएको हो ।

Advertisement

भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चलनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न शहरबाट नेपाली शहरहरुमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरेका थिए ।

उनले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भई रहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रभण गरे पछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिनन शहरबाटट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गनुपर्ने विषयमा जोड दिएका थिए ।

यसैबीच बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गरेका थिए ।

यसैगरी साइडलाइन बैठकका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) दुईपक्षीय, म क्षेत्रीय बहुपक्षीय निकायका प्रतिनिधिहरुसँगको बेग्ला बेग्लै भेटमा नेपालले हवाई सुरक्षाका विषयमा शुरु गरेका नीतिगत सुधार लगायत विषयमा मन्त्री पाण्डेले जानकारी गराएका थिए ।

आजै दक्षिण कोरियाका नागरिक उड्डयन, भूमि, पूर्वाधार उपमन्त्री जो जोङओनसँग भएको भेटमा नेपाल वायुसेवा निगमका विमानले सिधै कोरियामा उडान गर्ने लगायतका विषयमा छलफल भएको थियो । सोही क्रममा बुधबार मन्त्री पाण्डेले भियतनामका यातायाता उपमन्त्री ली आन ट्वानसँग पनि द्विपक्षीय भेट गरेका थिए ।

भेटका क्रममा नेपाल र भियतनामबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने लगायतका नागरिक उड्डयनका क्षेत्रमा आपसी सहयोग अभिवृद्धिका विषयमा छलफल भएको थियो । यसैगरी मन्त्री पाण्डेले जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग भेट गरेका थिए ।

More News last news
Loading...