काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएकोमा बुधबार रु १००० बढेर तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो। यस्तै, छापावाल सुन मंगलबार प्रति १० ग्राम १ लाख ३१ हजार ५१५ रुपैयाँ कायम भएको छ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको हो। अन्तर्राष्ट्रिय बजारमा नै निरन्तर मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
