५५ अङ्कले घट्याे आज शेयर बजार

काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार ६ सय ४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ । नेप्से पछिल्लो चार कारोबार दिन लगातार घटिरहेकाे छ । नेप्से गएकाे हप्ताकाे बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियाे।

नेप्से याे हप्ताकाे पहिलाे काराेबार दिन हिजाे २५ दशमलव ४६ अङ्कले घटेको थियो । आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।

Advertisement

आज उन्नति सहकार्य लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ। बजार उच्च अङ्कले ओरालो लागेको दिन हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर भने झन्डै नौ प्रतिशतले बढेको छ।

आज तीन सय २७ वटा कम्पनीका दुई करोड १० लाख कित्ता शेयर नौ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन्।

More News last news
Loading...