पोखरा । इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी) को नयाँ नेतृत्व चयन भएको छ । आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेशकाजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको सदस्यमा पोखराका विप्लव पौडेल पनि चयन भएका छन् । पौडेल पर्यटन व्यवसायमा ख्यातिप्राप्त बाराही ग्रुपका निर्देशक हुन् । इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी) नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउने उद्देश्य अनुरुप गठन भएको संस्था हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
