काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्ने भएको छ । लामो समयदेखि पार्टी फुटाउने तयारीमा रहेका सांसदहरुले अब भने एक साताभित्रै पार्टी विभाजन गर्नेगरि तयारी गरेको सो पार्टीनिकट उच्च स्रोतलाई उदृत गर्दै रिपोर्टस नेपालले खुलासा गरेको छ । स्रोतका अनुसार दुई जना पदाधिकारीले पार्टी विभाजनको नेतृत्व गरेका छन् ।
अहिले सो दलबाट प्रतिनिधिसभामा १० जना सांसद छन् । पार्टी विभाजनको पक्षमा ६ जना सांसद उभिएको बताईएको छ । पार्टी विभाजनको नेतृत्व गर्ने सांसदहरुमा भने कृष्णकुमार श्रेष्ठ र प्रेम आले अग्रभागमा छन् । श्रेष्ठ र आलेले त पार्टीका पछिल्ला महत्वपूर्ण बैठकहरु नै बहिष्कार गर्दै आएका छन् ।
आले त पार्टीको महाधिवेशन भैरहेको बेला देश छोडेर हिँडेका थिए । पार्टी विभाजन गरेकाहरु तत्कालै एमालेमा समाहित हुने बुझिएको छ । करिब १५० जना केन्द्रीय सदस्यहरु पार्टी विभाजनको पक्षमा उभिएको पार्टी विभाजनको लागि सक्रिय भूमिका खेलिरहेका बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
