दुई जना यात्रीलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर पृथ्वीमा फर्कियो

एजेन्सी । अन्तरिक्ष यात्रीहरु सुनिता विलियम्स र बेरी विल्मोरलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर अन्तरिक्ष यान पृथ्वीमा अवतरण भएको छ । बिना यात्रु पृथ्वी फर्किएको यान न्यू मेक्सिकोको मरुभूमिमा अवतरण गरेको बीबीसीले जनाएको छ।

दुबैजना यात्रीसहित आठ दिनमा फर्कने गरी गएको जुन ५ तारिखमा अन्तरिक्षका लागि उडेको यान झन्डै तीन महिना ढिला गरी यात्री बिनै फर्किएको हो । हिलियम चुहावटका कारण यात्री बिनै फर्किएको स्टारलाइनर पृथ्वीमा कुनै समस्या बिना आइपुगेकोे अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले जनाएको छ।

Advertisement

अन्तरिक्ष यानले न्यू मेक्सिकोको स्थानीय समयअनुसार शुक्रवार राति ११ बजे झन्डै २७ हजार चार सय किलोमिटर प्रति घन्टाको कक्षीय गतिको साथ पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । झन्डै ४५ मिनेटपछि, यानले आफ्नो अवतरणको गतिलाई कम बनाउन केही प्यारासुटहरू प्रयोग गरेको थियो । अवतरण हुनु अघि हावा भरिएका एयरब्याग फुलाएका थिए।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका यात्रीहरु विलियम्स र विल्मोर आउँदो फेब्रुअरीमा प्रक्षेपण हुने स्पेसएक्स ड्रयागन अन्तरिक्ष यानमा फर्किने नासाले जनाएको छ । बोइङले यस अघि सन् २०१९ मा मानव रहित पहिलो परीक्षण उडानमा पनि धेरै समस्या सामना गर्नु परेको थियो । सन् २०२२ मा दोहोर्‍याइएको परीक्षणले पनि थप त्रुटि फेला पारेको थियो।

More News last news
Loading...