आज भदौ २० गते बिहीबार, कस्तो छ तपाईंको राशिफल ?

श्री शाके १९४६ । बि स २०८१ साल भदौ २० गते बिहीबार । इश्वी सन २०२४ सेप्टेम्बर ५ तारीख भाद्र शुक्ल पक्ष द्वितिया तिथी पश्चात तृतिया तिथी हस्ता नक्षत्र शुभ योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा राक्षस योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन वर्षाऋृतु तीजको दरखाने दिन मानव बेचबिखन बिरुद्ध राट्रिय दिवस ।

मेष : दिन उत्तम फलदायक छ । पैसा प्राप्ति, शत्रु विजय, खेल–परीक्षामा सफलता होला ।

Advertisement

वृष : सानो परिश्रमबाट पनि काममा सफलता, सन्तान–सुख, धन प्राप्तिको सम्भावना छ ।

मिथुन : दिन त्यति अनुकूल छैन । अपच, दिनचर्या अस्तव्यस्त, परिवारमा विवाद हुन सक्छ ।

कर्कट : समय शुभ छ, प्रयास नछोड्नुस् । पैसा प्राप्ति, सम्मान बढ्ने, उन्नति हुने देखिन्छ ।

सिंह : सानै प्रयासमा धनलाभ होला । मन स्थिर, सुख–सन्तोष, उपलब्धिमूलक लगानी होला ।

कन्या : समय बलवान् छ । धन, कोसेली, पुरस्कार प्राप्ति, उत्तम भोजन, कार्य सफल हुनेछ ।

तुला : सजग रहनुस्, अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटकको सम्भावना देखिन्छ ।

वृश्चिक : समय शुभ छ । विविध वस्तु वा सेवाको लाभ, मीठो भोजन, पैसा प्राप्ति हुन सक्छ ।

धनु : दिन शुभ छ । सुख–सन्तोष, काममा सफलता, क्षमता वृद्धि हुने सम्भावना छ ।

मकर : दिन धेरै शुभ छ । राज्यबाट सुख–सन्तोष, व्यापारमा सफलता, ऐश्वर्य वृद्धि हुनेछ ।

कुम्भ : दिन अनुकूल छैन । बिरामी पर्ने, कार्यमा व्यवधान, धन हानि नहोला भन्न सकिन्न ।

मीन : समय शुभ आएकाले धनलाभ, समस्याको समाधान, पठनपाठनमा सफलता हुने देखिन्छ ।

More News last news
Loading...