अमेरिकामा अर्का नेपाली मृत फेला

काठमाडौं । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान मृत भेटिएको अमेरिकामा सञ्चालन नेपाली न्यूजपोर्टल नेपयोर्कले जनाएको छ।

उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ। प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन्। उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन सुरु गरिएको छ। मृत्युको कारण पत्ता नलागेको बताइएको छ।

Advertisement

यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।

More News last news
Loading...