नाडामा सबैभन्दा बढी बुकिङ भएको दाबी गरिएको नामी, कति पर्छ मूल्य ?

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष चर्चा छ । यस मध्ये पनि नामीको स्टलको चर्चा अरु भन्दा फरक छ । नेपाली बजारमा पहिले उपलब्ध इन्ट्री लेभलका ईभीहरुको प्रतिस्पर्धीको रुपमा नामीका तीन भेरिएन्ट केही दिन पहिले सार्वजनिक भएका थिए । त्यही मोडल हाल नाडा अटो शोमा डिस्प्ले गरिएको छ। नाडामा उपलब्ध सर्बाधिक चर्चित गाडीहरुमा नामी पनि एक हो ।

नामीको स्टलमा धेरै अवलोकनकर्ताहरु झुम्मिएको देख्न सकिन्छ । हाल सम्म स्टलमार्फत ३०० युनिट भन्दा बढी बुकिङ भएको नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले जनाएको छ । स्लिक डिजाइन, स्पेसियस इन्टेरियर र कटिङ एड्ज प्रविधिले भरिएको नामी अद्वितीय ड्राइभिङ एक्सपिरियन्स र हेड टर्नका लागि डिजाइन गरिएको हो ।

Advertisement

यो फ्युचरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्टमा उपलब्ध छ जसको सुरुवाती मूल्य क्रमसः २९ लाख ९९ हजार, ३१ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । ड्युअल टोनको लागि भने थप ५० हजार रुपैयाँ लाग्ने छ ।

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । यो नयाँ ईभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ जसको रियल लाइफ रेन्ज ४३० किलोमिटर (सीएलटीसी) रहेको छ। नामीको पर्फमेन्सलाई यसका इन्टेलिजेन्ट फिचरले अझ परिस्कृत बनाएको छ जसले सिटी ड्राइभिङका लागि यसलाई बेजोड बनाउनेछ।

More News last news
Loading...