सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि, भदौ ५ गते एक लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा आठ सय रुपियाँले सुन महँगिएको हो।

Advertisement

अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपियाँ थियो । चाँदीको मूल्य तोलामा पाँच रुपियाँ बढेको छ । अघिल्लो दिन १८५० रुपियाँ रहेको चाँदी आज एक हजार ८५५ कायम भएको छ।

More News last news
Loading...