आज पनि घट्यो सुनको भाउ, कति भयो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य सामान्य घट्दै तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो ।

Advertisement

यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...