काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले दशैं तिहार लक्षित अफर ‘फेष्टिभ डिलाईट २०८१’ सार्वजनिक गरेको छ । दशैं र तिहारलाई विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा झै यसपटक पनि गाडीका साथै अन्य आकर्षक उपहार दिने भएको छ ।
यसवर्षको फेस्टिभल सिजनमा हुन्डाई गाडी खरिद गर्ने एक जना भाग्यशालीे बिजेताले लक्कि ड्रमार्फत नेपालमा बनेको भेन्यू एसयूभी प्राप्त गर्ने कम्पनीले जनाएको छ । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइ लबजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।
हुन्डार्ड फेष्टिभ डिलाइट २०८१अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा १०लाख सम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिनेछ ।
कम्पनीले भदौ ११ देखी सुरुहुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकलाई पनि यस योजनामा समेट्ने जनाएको छ । अटो शोमा रहने ए२ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु मेट्न कम्पनीले आह्वान गरेको छ । हुन्डाईका सबै मोडलमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुने बताइएको छ।
कम्पनीले हाल हुन्डाई टेष्ट ड्राइभ एण्ड विन क्याम्पने समेत सञ्चालन गरिरहेको छ । उक्त क्याम्पेन अन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअप मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहार पाउन सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
