आज साउन २१ गते सोमबार : चम्किँदै छ यी ६ राशिको भाग्य [दैनिक राशिफल]

श्री शाके १९४६ । बि स २०८१ साल साउन २१ गते सोमबार । इश्वी सन् २०२४ अगस्त ५ तारिख । श्रावण कृष्ण पक्ष प्रतिपदा तिथी तिष्य नक्षत्र सिद्धि योग नाग करण चन्द्रमा कर्कट राशिमा आनन्दादी योगमा श्रीवत्स योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन वर्षाऋृतु औंशी श्राद्ध दर्शश्राद्ध गुँलापर्व आरम्भ ।

मेष: समय अनुकूल छैन । पेटको समस्या, विवाद, थकान, आलस्यताको सम्भावना छ ।

Advertisement

वृष: दिन बलियो हुनाले पराक्रम, पैसा प्राप्ति, पढाइमा सफलता, व्यापारिक लाभ होला ।

मिथुन: सानै प्रयासमा धनलाभ होला । साथै सुख–शान्ति, काममा सफलता हुने देखिन्छ ।

कर्कट: दिन बलवान् छ । मीठो भोजन, उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

सिंह: दिन अनुकूल छैन । धनको नोक्सानी, साथीभाइसँग विवाद, चोटपटकको सम्भावना छ ।

कन्या: खुशी रहनुस् । विविध लाभ, उत्तम भोजन, पारिवारिक सुख, प्रसन्नता हुने देखिन्छ ।

तुला: समय बलवान् छ । गरेको र आँटेको काम सफल, स्वस्थता, सुखको अनुभूति होला ।

वृश्चिक: दिन उत्तम छ । कूटनीतिक सफलता, प्रतिष्ठा वृद्धि, पढाइमा सफलता हुने देखिन्छ ।

धनु: सजगता अपनाउनुहोला । रोगव्याधिको सम्भावना, आर्थिक भार, मानसिक कष्ट हुन सक्छ ।

मकर: मान–सम्मान, धन लाभ, अधुरा कार्य पूरा, प्रेमप्रसंगमा सफलता हुने सम्भावना छ ।

कुम्भ: समय उत्तम छ । पैसा लाभ, खेलकुद, परीक्षा आदिमा सफलता मिल्ने देखिन्छ ।

मीन: दिन शुभ भएकाले गरेका काम सफल, रोगव्याधिबाट छुटकारा, व्यापारबाट लाभ होला ।

More News last news
Loading...