काठमाडाैं । ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको खेजेनिम आसपास केन्द्रविन्दु भएर शनिवार राति भूकम्प गएको हो।
राति १० बजेर १३ मिनेट जाँदा ४.१ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले लोकान्तरलाई जानकारी दिएको छ।
भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । यसअघि असार २६ गते पनि ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
