अघिल्लो हप्ता रोकिएको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। यसअघि स्थगित भएको मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिकाबारे केही अध्ययन गर्न बाँकी रहेको भन्दै अघिल्लो हप्ता शुक्रवार सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको व्यवस्थापन समूहले यसअघि नै टुङ्ग्याइसकेको छ । आज सञ्चालक समितिको बैठक बसेपछि मौद्रिक नीति सार्वजनिक गर्ने राष्टङ बैंकको तयारी छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको छ।

Advertisement

बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो । अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पुँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ ।

विशेष गरेर घरजग्गा कारोबार, शेयर कारोबार र बैंकको कर्जा तिर्नको लागि लचिलो मौद्रिक नीति आउनेगरी मस्यौदा तयार भएको छ । अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।

More News last news
Loading...