घट्यो कुखुराको मासुको मूल्य, केजीको कति ?

काठमाडौँ । देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो ।

असारमा ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए ।

Advertisement

अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ । यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रुपैयाँ थियो । हाल दुई सय ५० रुपैयाँ मूल्य रहेको उनको भनाइ छ ।

More News last news
Loading...