काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १३ सय रुपैयाँले घट्दै १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको हो।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
