कविराज खनाल/पोखरा । गण्डकी विश्वविद्यालयले स्थापनाको चार वर्षपछि नेपालमै पहिलो पटक स्नातकोत्तरमा दुई वर्षे आर्टिफिसियल इन्टलीजेन्ट (एआई)को पढाइ हुने भएको छ । विश्वविद्यालयले आगामी सेक्टेम्वर पहिलो हप्तादेखि एसियाको पहिलो र नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टलीजेन्ट (ए आई) विषयको पढाइ शुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना पूर्व विद्यार्थीलाई सार्वजनिकीकरण कार्यक्रम आयोजना गरेको हो ।
सार्वजनिकीकरण कार्यक्रमको उद्घाटनका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, स्वास्थ्य एवं शिक्षा मन्त्री बिन्दुकुमार थापाले राष्ट्रिय आवश्यकता र नयाँ प्रविधिको आर्टिफिसियल इन्टलीजेन्ट पढाइमार्फत देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको बताउनु भयो । साथै वहाँले देशभरिकै ५२ जिल्लाबाट आउने छात्र छात्रलाई विश्वविद्यालयले छात्रवासको व्यवस्था मिलाउन सुझाव दिँदै सरकारको वार्षिक बजेटबाट समेत यो विषयको अध्यापनका लागि सहयोग उपलब्ध गराउने मन्त्री थापाको प्रतिबद्धता रहेको थियो।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले “नेपालको इतिहासमा पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण र नयाँ प्रविधि विषयको पढाई देखिनु हामी सबैका लागि गौरवको विषय हो”, गुरुङले भन्नुभयो “गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुन कुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ ।” साथै प्रदेशको विशिष्टतालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने उहाँको भनाइ रहेको थियो।
गण्डकी विश्वविद्यालयका उप–कुलपति डा. नवराज देवकोटाले आर्टिफिसियल इन्टलिजेन्ट ( एआई) विषय नेपाल र एशियाकै सन्दर्भमा पहिलो भएको बताउँदै सार्वजनीकीकरण कार्यक्रममा भएका कुरालाई व्यवहारमा उतार्नु, नयाँ प्रविधि विश्वविद्यालयले आफ्नो क्षमता अनुसार अगाडी बढ्दै उच्चतम अब्बल दर्जाको विश्वविद्यालयमा अध्ययन अध्यापन सुरु हुनु खुसीको विषय भएको बताउनु भयो ।
उहाँले प्रदेशमा आइटी पार्कको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै देवकोटाले सर्टिफिकेट भन्दा पनि व्यावसायिक जनशक्तिको आवश्यकता रहेको वहाँको जोड रहेको थियो । साथै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा व्यक्त गर्नु भयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
