बस दुर्घटना अपडेट : हालसम्म १२ शव फेला, अरुको खोजी कार्य जारी

काठमाडौँ । नवलपरासी पूर्व र पश्चिममा ३ जनाको शव भेटिएको छ । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिको किनारमा एउटा र  पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको प्रहरीको उच्च स्रोतले जनाएको छ।

प्रहरीका अनुसार, ‘नवलपरासी पूर्वको गण्डकमा शव देखिएको छ तर, निकालिसकेको अवस्था छैन ।’ आइतबार साँझ नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–७ गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत गरिएको छ ।

Advertisement

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ स्थित पदमपोखरी बस्ने २३ वर्षीय सुदिप विक र रौतहट जमुनामाई–४ बस्ने १७ वर्षको राहुम मियाँ छन् । सुदिप एन्जल डिलक्समा सवार थिए । चितवन, नवलपरासी पूर्व र पश्चिमबाट १२ जनाको शव संकलन गरिएको छ । तीमध्ये ७ जनाको सनाखत भएको र अरुको सनाखत गर्ने प्रयास भइरहेको डीआईजी केसीले जानकारी दिए ।

More News last news
Loading...