नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन असार २९ गते हुने

पोखरा । मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन असार २९ गते हुने भएको छ । १६ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक पनि क्षेत्रीय अडिसन गर्न लागिएको हो । पोखरा अडिसन लेकसाइड स्थित होटेल बाराहीमा आयोजना गरिएको मिस्टर नेपालको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिनुभयो ।

पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई–सेवा तथा अडिसनमै वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

Advertisement

पोखरा अडिसनबाट करिब ५ देखि १० जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा फेरि अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ ।

प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक नेपालगंज, बुटवल, चितवन, हेटौडा, जनकपुर,दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ । मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै मिस्टर नेपालले मिस्टर वल्र्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फस्र्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।

More News last news
Loading...