प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन काँग्रेसको ह्वीप

काठमाडौं । नेपाली काँग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जारी गरेको निर्देशनमा उल्लेख छ।

Advertisement

शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन तयारी गर्नु भएको सन्दर्भमा काँग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

नेकपा एमालेले भने यसअघि नै विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइसकेको छ । गत असार १७ गते काँग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएपछि दाहालले विश्वासको मत लिनुु परेको हो ।

More News last news
Loading...