पोखरा । स्याङ्जाको पुतलीबजारमा भव्य कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताको आयोजना हुने भएको छ । आगामी श्रावण ३१ गते स्याङ्जाको पुतलीबजारमा प्रथम पटक भव्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१” को आयोजना गरिने भएको छ ।
प्रथम नागरिक कुलपति कविवर स्व केदार मान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले “भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथितले जानकारी दिए । कार्यक्रम साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजना पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले जानकारी दिए ।
पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति विश्वप्रेम अधिकारीसँग समन्वय गरी आयोजना गर्न लागीएको कविता महोत्सवमा आम साहित्य अनुरागी एवं कविताका विभिन्न विधाका स्रष्टा एवं साधकहरु प्रतियोगि रहने महोत्सवको आयोजनाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने र कार्यक्रममा विद्यार्थी ,प्राध्यापक एवं प्राज्ञहरुको ब्यापक सहभागिता रहने कविता महोत्सवका संयोजक अनन्त कुमार श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागी हुन कविता २०८१ श्रावण १५ गते बेलुकी ५ बजे भित्र [email protected] फण्टमा टाईप गरी प्रतियोगी स्रष्टा एवं सर्जकहरुले पठाईसक्नुपर्नेछ । महोत्सव संयोजक श्रेष्ठका अनुसार कविताको अन्तिम छनौट सूची २०८१ श्रावण २० मा सार्वजनिक गरिनेछ । उक्त अन्तिम छनौटमा उत्कृष्ट २० कविताको छनौट हुनेछ ।
अन्तिम छनौटमा परेका उत्कृष्ट २० कवितालाई मिति २०८१ श्रावण ३१ गते कविता महोत्सवको अन्तिम दिन कविता बाचनको लागी सहभागी गराइनेछ । मिति २०८१ श्रावण ३१ गते उत्कृष्ट २० साहित्यकार, सर्जक एवं श्रष्टा प्रतियोगीलाई सम्मान, छनौटमा परेका मध्येबाट प्रथम,द्धितिय र तृतिय कविता र रचनाकार लाई नगद पुरस्कार राशी र प्रमाणपत्रले सम्मान गरिने ब्यहोरा महोत्सवका संयोजक श्रेष्ठले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
