नेपाली कांग्रेस गण्डकी प्रदेश र लोकतान्त्रिक खेलकुद संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

पोखरा । नेपाली कांग्रेस, गण्डकी प्रदेश भातृ संघ समन्वय विभागको आयोजनामा नेपाल लोकतान्त्रिक खेलकुद संघबीच अन्तरक्रिया कार्यक्रम एवं नेपाल भु.पु सैनिक संघको तदर्थ समितिलाई बधाई, शुभकामना र परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी नेपाल कांग्रेस गण्डकी प्रदेश पार्टी सभापति शुक्रराज शर्माले भातृ संस्थाको सक्रियताले मात्र सिंगो पार्टी संगठन बलियो हुन्छ र प्रजातन्त्र, समाजवाद‌ र धार्मिक स्वतन्त्रतालाई मुख्य एजेण्डा बनाई संगठन विस्तार गर्ने बताए ।

गण्डकी प्रदेश भातृ संघ समन्वय विभागका अध्यक्ष अजित क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचन, नेपाल भुपु सैनिक संघका केन्द्रिय अध्यक्ष मेघराज टन्डन, नेपाली कांग्रेस गण्डकी प्रदेश महामन्त्री बिष्णु लामिछाने, नेपाली कांग्रेस गण्डकी प्रदेश प्रवक्ता माधव बास्तोला, खेलकुद विभाग प्रमुख अनोध श्रेष्ठ, भुपु सैनिकका केन्द्रिय सदस्य कर्णेल कृष्ण बहादुर खत्री ,क्षेत्र बहादुर थापा ,नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्लुङ अध्यक्ष योगेश भण्डारी, नेपाल भुपु सैनिक संघ गण्डकी प्रदेश सदस्य हर्क वहादुर भुजेल, कास्की भु.पु. संघ सभापति खम्वा सिंह गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेश सभापति विद्या मर्सानी,भुपु सैनिक संघ गण्डकी प्रदेश अध्यक्ष कर्नेल प्रयाग राज भण्डारी, नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रिय सदस्य बिष्णु क्षेत्री, सुनिल गुरुङ, लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेश सहसचिव पवित्रा थापा, नेविसंघ पृथ्वीनारायण क्याम्पस सभापति शुसिल न्यौपाने, लगायतले मन्तव्य राखेका थिए ।

Advertisement

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य गण्डकी प्रदेश भातृ संघ समन्वय विभागका उप प्रमुख प्रभा सुवेदी एवं विभागको तर्फबाट गंगा गिरीले मन्तव्य राखेका थिए । साथै कार्यक्रमको उद्देश्यमाथि गण्डकी प्रदेश भातृ संघ समन्वय विभाग प्रमुख एवं कार्यक्रमका अध्यक्ष अजित क्षेत्रीले विचार राखेका थिए । गण्डकी प्रदेशका‌ नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल भुपु सैनिक संघमा आवद्ध करिव सय जनाको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन गण्डकी प्रदेश भातृ संघ समन्वय विभागका सदस्य श्रीकृष्ण श्रेष्ठले गरेका थिए ।

More News last news
Loading...