मोदीले शनिबार प्रधानमन्त्रीको शपथ लिँदै

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधवार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

बैठकमा जनता दल (युनाइटेड) प्रमुख नीतीश कुमार र तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ। भाजपालाई सरकार बनाउनका लागि उनीहरुको दलको समर्थन महत्त्वपूर्ण छ।

Advertisement

यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा २७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ।

भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले २४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन्। भाजपाले सन् २०१९ को आम चुनावमा ३०३ र सन् २०१४ को आम चुनावमा २८२ सिट जितेको थियो।

More News last news
Loading...