काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बारेकोट आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो ।
त्यसयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६ सय बढी परकम्प गइसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
