सासंद थापाकाे सक्रियताले बजेटमा समावेश भयाे पाेखरा-वुटवल सडक

काठमाडौं । प्रतिनिधि सभा सदस्य राजु थापाले प्राथमिकताका साथ उठाउँदै आएकाे सिद्वार्थ राजमार्ग अन्तगर्तकाे पाेखरा-वुटवल सडक खण्ड डेडिकेटेड दुई लेनमा स्तराेन्नती हुने भएकाे छ ।

आगामी आर्थिक बर्ष २०८१/८२ काे आज सार्बजनिक बजेत बक्तब्यमा थापाले प्राथमिकताका साथ संसदमा राख्दै आएकाे मागकाे बिषय बजेटमा प्राथमिकताका साथ समावेश भएकाे हाे । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै स्याङ्जा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित सासंद थापाले राजमार्ग अन्तर्गत पाेखरा देखि वुटवलकाे उक्त सडककाे दुरावस्थावारे संसदकाे शून्य र विशेष समयमा महत्वका साथ आवाज उठाउँदै आएका थिए ।

Advertisement

यसका साथै सासंद थापाले उक्त सडककाे स्तराेन्नतीका लागि अर्थमन्त्रीहरू, मन्त्रालयका सचिव र सह-सचिवहरूकाे समेत ध्यानाकर्षण गराएका थिए । नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति समेत रहेका थापा बिकासप्रेमी नेताका रूपमा लाेकप्रिय छन् ।

More News last news
Loading...