काठमाडौं । आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि १०० रुपैयाँले नै घटेको छ। यो दिन तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ। आज चाँदीको मूल्य १५ रुपैयाँ प्रतितोलाका दरले बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
