काठमाडौँ । सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घटेको छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज १२ सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो अहिलेसम्मकै उच्च तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार आठ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
