यस्तो छ सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

मंगलबार नै मन्त्रिपरिषदको बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो। नीति तथा कार्यक्रममार्फत सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ। ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ।

Advertisement

त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

More News last news
Loading...