काठमाडौं । शुक्रबार एकैदिन तोलामा दुई हजार ३०० र आइतबार ५०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार सामान्य घटेको छ । आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ३८ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ४ सय ५० रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रूपैयाँले घटेर आज एक हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
