काठमाडौं । आइतबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
