स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले २०० बीउ बाख्रा र ५६ वटा बीउ बोका वितरण गरेको छ ।
‘भोकालाई एक छाक भोजन होइन,जीवन जीउने जुक्ति सिकाऔं’ भन्ने मुल अभियान सहित आर्थिक समृद्विको लागि गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत गल्याङ नगरपालिकाको आर्थिक र हेफर प्रोजेक्ट नेपाल को प्राविधिक सहयोगमा सञ्चालित समुह सदस्यहरुको लागि बीउ बाख्रा बोका र बंगुर उपहार वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा २०० वटा बीउ बाख्रा र ५६ वटा बीउ बोका गरि जम्मा २५६ बटा बाख्रा वितरण गरिएको छ।
कार्यक्रममा गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले विपन्न घरपरिवारलाई आर्थिक अवस्थामा समृद्ध गराउने, महिलाहरुलाई शशक्तिकरण गर्ने, कृषि र पशु उपजलाई बजारीकरण गर्ने साथै युवा उद्यमीहरुको विकास गर्ने र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्ने उद्देश्यका साथ गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना गल्याङ नगरपालिकाका ११ वटै वडाहरुमा सञ्चालन गरिएको बताए ।
उक्त परियोजनामा गल्याङ नगरपालिका भित्रका विभिन्न वडाहरुमा गरि जम्मा महिला समूह ४४ र युवा समूह ६ गरि १४०० महिलाहरुको सहभागीता रहेका नगरप्रमुख भट्टराईले जानकारी गराए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)